 
                     
                                
                             
                                    काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १६५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
यो लघुवित्तले गत भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ १२ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार आज साँझ ५ सम्म यो आईपीओमा १८ लाख ५० हजार १३२ आवेदकबाट २ करोड ४ लाख २२ हजार ४०० कित्ता सेयर माग भएको छ। यो मागभन्दा १६५.४९ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १२ हजार ३४० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19