काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन) आईपीओ निष्कासनको अनुमति माग्दै गत वैशाख ११ गते निवेदन दिएको हो।
सेबोनले अनुमति दिएमा यो लघुवित्तले १ करोड ३२ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल संस्थापकहरुबाट चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि यो लघुवित्तको चुक्तापुँजी ४ करोड रुपैयाँ पुग्नेछ।
खप्तड लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19