 
                     
                                
                             
                                    काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै ३५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
यो लघुवित्तले आज भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री गरेको हो।
कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा ३ लाख ८१ हजार ८२ आवेदकबाट ४३ लाख ३८ हजार ९४० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा ३५.१६ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि अब गोलाप्रथाबाटै बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १२ हजार ३४० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।
यो आईपीओको निष्कासन बन्द भदौ १२ गते बैंकिङ समयपछि हुनेछ। खप्तड लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19