काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा झन्डै पौने २ लाख घरका खरका छाना विस्थापित गर्ने घोषणा गरेको छ। 

आज सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। उनले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने जानकारी दिएको हुन्।

यो लोकप्रिय कार्यक्रमका लागि सरकारले ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसअन्तर्गत प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ ।