काठमाण्डौ । सेयरधनीलाई हकप्रदको भारी बोकाउने अजेण्डासहित खानीखोला हाइड्रोपावर कम्पनी लिमीटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको हाल कायम चुक्तापूँजीको सतप्रतिशत(१ः१ को अनुपात) हकप्रद निश्कासनको अजेण्डासहित दशौं र एघारौं वार्षिक साधारणसभा आह्वान गरिएको हो । 

कम्पनीले आगामी पुस ४ गते बुधबार बिहान ११ बजे काठमाण्डौको धुम्बाराहीस्थित धुम्र बराह पार्टी प्यालेसमा साधारणसभा बोलाएको छ । 

साधारणसभामा पेश हुने विशेष प्रस्तावको रुपमा हाल कायम चुक्तापूँजीको १ः१ अनुपामा हकप्रद सेयर निश्कासन गर्ने, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने लगायत छन् । 

सभाले आर्थिक वर्ष २०७८-७९ र २०७९-८० को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन समेत पास गर्नेछ । 

यी दुवै आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनसहितको वासलात तथा  नाफानोक्सान हिसाब समेत पारित गर्ने अजेण्डा छ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ मंसिर २१ गतेसम्म सेयरधनी कायम भएकाहरु साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।