– रेखा चन्द
काठमाण्डौ । आन्दोलनरत लगानीकर्ता र नेपाल धितोपत्र बोर्ड(सेबोन)बीच १९ बुँदे माग कार्यान्वयनका विषयमा सहमति जुटेपछि खुमलटारमा अहिले लगानीकर्ताहरु आपसमा खुसियाली मनाइरहेका छन्।
पुँजीबजार सुधार र विकासको माग गर्दै आन्दोलन लगानीकर्ता र सेबोनबीच आज बिहान लगानीकर्ताका १९ बुँदे माग कार्यान्वयन गर्ने विषयमा सहमति भएको हो। यो सहमतिसँगै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले गत असार १ गतेदेखि थालेको आरमण अनशन तोडेका छन्। कोइरालाले आजैबाट आन्दोलन पनि स्थगित भएको र संघर्ष समिति पनि विघटन भएको घोषणा गरेका छन्।
अनशन तोड्नुअघि कोइराला र सेबोन अध्यक्ष रमेशकुमार हमालले १९ बुँदे माग कार्यान्वयन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
अहिले खुमलटारस्थित सेबोन कार्यालयबाहिर लगानीकर्ताहरु आपसमा खुसी साटासाट गरिरहेका छन्। कोइराला बाधाइ दिँदै लगानीकर्ताहरुले टीका र खादा लगाइदिइरहेका छन्। उनले पनि अन्य लगानीकर्ताहरुलाई टीका लगाइदिरहेका छन्।
त्यहाँ उपस्थित लगानीकर्ताहरुले यो लगानीकर्ताहरुको ऐतिहासिक जित रहेको बताएका छन्। अब पुँजीबजार सुधार र विकासका लागि आन्दोलन गर्नुपर्ने अवस्था नआउने उनीहरुको विश्वास छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19