काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभाको उद्घाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष श्रीमती अर्चना प्रधान र सभाका प्रमुख अतिथि एवंम एशियनलाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लालश्रेष्ठलेले संयुक्त रुपमा गरेका थिए ।
सभाले कम्पनीले प्रस्ताव गरेका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । 
साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै दुई जना नयाँ सञ्चालकहरु प्रकाश खरेल(नुवाकोट) र भुपेन्द्र प्रसाद जोन्छे (भक्तपुर) निर्वाचित भएका छन् ।

 

कम्पनीले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामीण क्षेत्रका३३ हजार ८५८ सदस्यहरुलाई वित्तीय सेवाप्रदान गरिरहेको छ ।

कम्पनीले उक्त अवधिसम्ममा २ अर्ब ८ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको बताएको छ ।