काठमाण्डौ । गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमीटेडले आगामी बैशाख ९ गतेदेखि ३ करोड ३५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीलाई चैत ७ गते धितोपत्र बोर्डले आइपीओ निश्कासन गर्ने अनुमति दिएको थियो ।
आइपीओमा छिटोमा बैशाख १२ गते र ढिलोमा जेठ ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
इच्छुकले न्यूनतम १० देखि अधिकतम १५०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
यो कम्पनीले प्रति शेयर रु.१०० अंकित दरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो । कुल निश्कासन हुने कित्तामध्ये ५ हजार १७५ कम्पनीका कर्मचारीका लागि, १६ हजार ७५० म्युचुअल फण्डहरुका लागि र बाँकी रहने ३ लाख १३ हजार ७५ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
यो माइक्रोफाइनान्सको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको अधिकृतपूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्तापूँजी रु.७ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात संस्थाको चुक्तापूँजी रु.१० करोड माथि पुग्नेछ ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो ।
२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।
तनहुँको दुलेगौढामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् सेवा दिइरहेको छ ।
यो कम्पनीको आइपीओलाई केयर रेटिंग्स नेपाल लिमीटेडले केयर एनपी आइपीओ ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ ।
यो ग्रेडिङले कम्पनीको आधारभूत अवस्था औसत भन्दा कमजोर छ भन्ने हो।
केयर रेटिङ्स नेपालले आइपीओलाई ग्रेड १ देखि ५ सम्मको रेटिंग दिंदै आएको छ । सबैभन्दा बलियो आधार जनाउने आइपीओलाई ग्रेड १ र सबैभन्दा कमजोर कम्पनीको आइपीओलाई ग्रेड ५ को रेटिङ दिइने गरिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago