वीरगन्ज। पर्साको वीरगन्जस्थित गण्डक अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएर मंगलबार राति घर फर्किएका छन्।

लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका डा। उदय नारायण सिंहले जानकारी दिए। डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले फूल दिएर बिदाइ गरेका थिए।

अस्पतालको आइसोलेसनमा अब अब ९ जना संक्रमित उपचाररत छन्।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७८३ जनामध्ये १५५ निको भएर घर फर्किएका छन् भने ४ जनाको निधन भएको छ।