काठमाण्डौ। गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्याङ्जा र पर्वतमा ५/५ जनामा संक्रमण पुष्टि भएको हो। पर्वत जिल्लामा भने पहिलोपटक कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पर्वतको फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
यसैगरी स्याङ्जाको चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ। यीमध्ये बागलुङमा २ र लमजुङका १ जना गरी ३ जना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19