काठमाण्डौ। गण्डकी प्रदेशमा थप ३८ जनामा आइतबार बिहान कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या ११३ पुगेको छ।
स्याङजामा १४, गोरखा र बागलुङमा १०/१० र नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। स्याङजाकै भीरकोट नगरपालिकाका ४५ वर्षीय एकजनामा पनि कोरोना पुष्टि भएको जनाएको छ।
यसैगरी बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६ र २९ वर्षका पुरुष छन्। संक्रमितमध्ये एकजनाको उमेर खुल्न नसकेको निर्देशनालयले जनाएको छ। बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एकजना संक्रमण देखिएको छ।
गोरखाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गोरखाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको निर्देशनाले जनाएको छ।
उता नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।
नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
हालसम्म देखिएका संक्रमितध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago