काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ७२ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
मंगलबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद नाफा ४.९१ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ७६ करोड ३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.०५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कम्पनीले ७३ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा घटेर ७३ करोड ४५ लाख रुपैयाँमा सीमित बनेको छ।
कम्पनीको उत्पादन खर्च समीक्षा अवधिमा ११.२३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २६ करोड ६३ लाख रुपैयाँ रहेको यस्तो खर्च घटेर समीक्षा अवधिमा २३ करोड ६३ लाख रुपैयाँमा सीमित बनेको छ।
यसैगरी कम्पनीको वितरण खर्च पनि समीक्षा अवधिमा घटेर ११ करोड ४४ लाख रुपैयाँमा सीमित बनेको छ। जुन अघिल्लो वर्ष १३ करोड ७० लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २६.२४ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष कम्पनीको ईपीएस ३१.१५ रुपैयाँ रहेको थियो। पीई रेसियो १३.१३ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २६८.९६ रुपैयाँ रहेको छ। कम्पनीको सम्पत्तिमा प्रतिफल ८.९० प्रतिशत रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago