काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सेयर बजारका लगानीकर्ताहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन्। 

राष्ट्र बैंकजस्तो स्वायत्त निकायको उच्च पद गभर्नरमा बसेका अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको विरोधमा लगानीकर्ताहरुले प्रदर्शनमा उत्रिएका हुन्। विरोध प्रदर्शनमा भर्खरै साढे ४ बजे लगानीकर्ता माइतीघरमा भेला भएका थिए। 

प्रदर्शनमा उत्रिएका लगानीकर्ताहरुले ‘झोले गभर्नर चाहिँदैन’, ‘भ्रष्ट गभर्नर राजीनामा दे’, ‘भ्रष्ट गभर्नरलाई बर्खास्त गर’, ‘पार्टीको गभर्नर राजीनामा दे’, ‘बार्दलीको गभर्नर राजीनामा’, गभर्नर भएर राजनीति गर्न पाइँदैनजस्ता नारा लगाएका थिए।