काठमाण्डौ । सेयर बजारका लगानीकर्ताहरुले पूँजीबजारको समाधानका लागि गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रीको निवासमै पुगेर दवाब दिने भएका छन् । 

बजारका लगानीकर्ता तिलक कोइराला नेतृत्वको समूहले पूँजीबजारको समस्या समाधानका लागि आन्दोलनको घोषणा गर्दै दवाबमूलक कार्यक्रम सार्वजनिक गरेको हो । 

कोइरालाका अनुसार समस्या समाधानका लागि उदासीन बन्दै आएको निकायका प्रमुखहरुलाई दवाब दिने उद्देश्यले निवासमै पुगेर आफ्ना माग राख्न खोजिएको हो । 

कार्यक्रमअनुसार आउने शनिवार गभर्नरको निवास, आइतबार धितोपत्र बोर्डका अध्यक्षको निवास र सोमबार अर्थमन्त्रीको निवास पुगेर पूँजीबजार संकट समाधानका लागि सुझाव दिइनेछ । 

लगानीकर्ताहरुले आन्दोलनको घोषणा गरे पनि एक कार्यक्रममा भाग लिन आउने शनिवार नै अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी मोरक्को प्रस्थान गर्दैछन् ।