काठमाण्डौ । मूल्यमा प्रभाव पार्ने गरी गलत सूचना प्रकाशित गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारदेखि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन पनि किसान लघुवित्तलाई पत्र पठाएको छ।
यो लघुवित्तले गत आइतबार आफ्नो वार्षिक साधारणसभासम्बन्धी सूचना प्रकाशित गर्दा १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने अजेन्डालाई विशेष प्रस्तावमा राखेको थियो। तर भोलिपल्ट अर्थात हिजो सोमबार संस्थाले फेरि संशोधित सूचना प्रकाशित गर्दै उक्त हकप्रदको अजेन्डा विशेष प्रस्तावबाट हटाएको थियो।
यसरी मूल्यमा प्रभाव पार्ने गरी वार्षिक साधारणसभाको सूचना संशोधन गरी प्रकाशित गरेको भन्दै नेप्सले किसान लघुवित्तको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको हो। नेप्सेले पठाएको पत्रमा के–कति कारणले हकप्रदको अजेन्डा राखेर पुनः हटाएको र हकप्रद जारी गर्ने भन्ने सञ्चालक समितिको प्रस्ताव किन समयमा नै जानकारी दिन नसकेको हो ? भन्ने विषयमा स्पष्ट पार्न निर्देशन दिइएको छ।
यो लघुवित्तले आइतबार हकप्रदको अजेन्डासहित वार्षिक साधारणसभामा सूचना प्रकाशित गर्दा सो दिन सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको थियो। भोलिपल्ट सोमबार पुनः हकप्रदको अजेन्डा हटाएर सूचना प्रकाशित गर्दा यो लघुवित्तको सेयरमूल्य घटेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago