काठमाण्डौ । विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीले विज्ञान तथा प्रविधिको महत्वलाई थप उजागर गरिदिएको छ । विश्वका देश र नागरिकहरुले प्रविधिको महत्व बुुझेर यतिबेला गुुगलसँग सहयोग मागेका छन् । 

टाइम म्यागेजिनले गुुगल, यूट्यूबको मूल कम्पनी अल्फाबेटको सीइओ सुुन्दर पिचाइसँग कुुराकानी गरेको छ । पिचाई महामारीको सम्बन्धलाई भविष्यका लागि आशावादी रहेका छन् । 

प्रत्येक संकट र महामारीले मानिसहरुमा सिर्जनशीलता बढाउने काम गर्ने उनी मान्दछन् । उनका अनुसार महामारीको कठीन अवस्थाबाट बच्न र त्यसैमा अभ्यस्त हुुन मानिसहरु नयाँ नयाँ तरिकाहरु खोच्ने गर्दछन् । प्रस्तुुत छ पिचाईसँग गरिएको कुुराकानीको केही अंश ।

कयौं अन्य अन्वेषक र तपाइँकाअनुुसार संकटको बेला इनोभेसन बढ्ने गर्दछ । वर्तमान समयमा के छ अवस्था ? 
डट कम कम्पनीहरु पलायन हुुनुुभन्दा ठीक पहिले गुुगलको सुुरुवात भएको थियो । यसको स्थापना अभावको समयमा भएको थियो । यसले हामीलाई सम्स्यालाई सुुल्झाउने र बाधा अड्चनहरुको कसरी सामना गर्ने भन्ने प्रेरणा प्राप्त भयो ।  चाहे त्यो डिस्डेन्ट लर्निङ होस् या त डेलीभरी–हामीले कठिनाइहरुको समाधान गरेका छौ । मलाई लाग्दछ कि अहिलेको कठीन अवस्थाले मानिसहरुलाई सिर्जनशील भएर सोच्न र अगाडिको बाटो तय गर्नका लागि तयार पार्नेछ । 

यस्तो लागिरहेको छ कि अहिले अल्फाबेट र अन्य प्राविधिक कम्पनीबीच आपसी सहयोग बढिरहेको छ । तर अन्य बेला त यी कम्पनीहरुबीच प्रतिस्पर्धा चल्ने गथ्र्यो, होइन र ?
जब म अन्य कम्पनीका प्रमुुखसँग कुुरा गर्छु, तब म स्पष्ट हुुन्छुु कि यो अवस्था हामीहरुभन्दा पनि धेरै नै ठूलो रहेछ भनेर । हामीहरु पहिलेदेखि नै सँगै मिलेर काम गरिरहेका छौं । उदाहरणका लागि बालबालिका माथि हुुने शोषणका लागि हामीहरुबीच तालमेल रहेको छ । त्यसैले हामीहरु कोरोनाभाइरससँगको लडाइका लागि पनि एउटै बाटोमा हिडिरहेका छौं । 

तपाइँले स्मार्टफोनमा कन्ट्याक्ट ट्रेसिङ सफ्टवेयरका लागि एप्पलसँग सहकार्य गर्ने घोषणा गर्नुु भएको छ । यसले कोभिड १९ का संक्रमितको जानकारी दिने बताइएको छ । यसले भविष्यमा संक्रमणको फैलावट रोक्नसक्ने दाबी गरिएको छ । तर, यसमा व्यक्तिको गोपनीयताको विषय पनि जोडिएको छ । यसका लागि तपाइहरुले के गर्दै हुुनुुहुुन्छ ? 
गोपनीयताको कुुरा आउँछ भने प्रयोगकर्ताले प्रयोग गर्नुु भन्दा पहिले नै अनुुमति दिनुुुपर्ने हुुन्छ । यो पारदर्शी छ । व्यक्तिमा यसको प्रयोग गर्ने वा नगर्ने भन्ने अधिकार रहने छ । उनीहरुले आफूहरुलाई यसको आवश्यकता ठाने यसको प्रयोग गर्न सक्नेछन् । यो बाध्यकारी हुुनेछैन । एप्पल र गुुगलको मा कुुनै पनि व्यक्तिगत र लोकेसनका जानकारीहरु आउने छैनन् । 

अहिले हामी गलत सूचनाको बीचमा बाँचिरहेका छौं । गलत सूचनाको अधिकांश स्रोतहरु अनलाइन माध्यमहरु हुुने गर्दछन् । गलत सूचनाले गर्दा मानिसहरुलाई कोभिड १९ संग सम्बन्धित कुुन जानकारी सही हो भनेर रनभूल्ल परिरहेको अवस्था छ । यस विषयसँग तपाईहरु कसरी लड्दै हुुनुुहुुन्छ ?

मेरो लागि विश्वसनीय संस्था र स्रोतको समर्थन गर्ने कुुरा महत्वपूर्ण रहँदै आइरहेको छ । तर अहिले यो सजिलो भएको छ किनकि मानिसहरुले आफैं पनि थाहा पाउँछन् कि के सही हो र के गलत हो भनेर । वैज्ञानिक र अधिकारीहरुमार्फत आम मानिस समक्ष सही तथ्य र जानकारीहरु पुुग्न सहयोग मिल्ने गर्दछ । 

गुुगल, यूट्यूबसहित अन्य प्रमुुख प्लेटफर्मलाई कन्टेन्टको निगरानीका लागि आर्टीफिसियल इन्टलिजेन्स माथि अत्यधिक भर पर्नुुपर्ने हुुन्छ । यो बेला मानवीय एनालिस्टहरु घरबाटै काम गरिरहेका छन् । के यसले गलत सूचना र जानकारीहरुलाई बढावा मिलिरहेको छैन ?
यसमा जोखिम त छ । हामीहरु सर्वप्रथम गुुगल, यूट्यूबमा स्वास्थ्य संस्थाहरु, समाचार माध्यमहरु जस्ता आधिकारिक स्रोतहरुका खबरहरुलाई प्राथमिकता दिने गर्दछौं । हामीले केही समयका लागि कोरोना भाइरससँग सम्बन्धित विज्ञापनलाई अनुुमति दिएका थिएनौं, किनकि हामी कन्टेन्टलाई नियन्त्रण गर्ने हाम्रो क्षमताप्रति हामी आश्वस्त थिएनौं । तर, अहिले घरबाट राम्ररी काम गर्न प्रक्रियालाई हामीले सुुरु गरिसकेका छौं । त्यसैले अहिले हामी सबैका कुुरा सुुनिरहेका छौ । तपाइले जनतालाई बोल्ने अवसर दिनुुपर्दछ । 

यो महामारीले स्थानीय समाचारमाध्यमहरुलाई प्रभावित पारेको छ । उनीहरुको सहयोगका लागि के गरिएको छ ? 
हामीहरु उनीहरुको सहयोगका लागि केही कार्यक्रममाथि काम गरिरहेका छौ । वास्तवमा स्थानीय स्तरमा स्वस्थ र निष्पक्ष पत्रकारितालाई सहारा दिन आवश्यक रहेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका थिए कि गुुगलले मानिसहरुले टेस्टिङ साइट थाहा पाउन भनेर सिस्टम बनाउने भनेर । फेरि गुुगलका तर्फबाट खबर आयो कि उसलाई यसबारे केही पनि जानकारी छैन भनेर । आखिर के भएको थियो ?
हामीले कोभिड १९ को टेस्टिङ , स्क्रिनिङसहित धेरै जानकारीहरु प्रदान गरिरहेका छौ । त्यसैले हामीले यसलाई अझै राम्रोसँग जोडिने माध्यमका रुपमा लिएका छौ । 

के यो चिन्ताको विषय हैन कि व्यवसाय जगतबाट यस्ता भूमिकाहरु निभाउन भनिँदैछ, जो पहिले सरकारी दायरामा आउने गर्दथ्यो ?
कोभिड १९ सँग लड्नका लागि टेक्नोलोजी र टेक कम्पनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । हामीहरु यस्तो भूमिका निर्वाह गर्न चाहन्छौ पनि । म यसलाई ठूलो विषय मान्दिँन । सबैको भूमिकाहरु स्पष्ट छन् । संकटको बेला नेतृत्व गर्ने जिम्मेवारी सरकार र स्वास्थ्यसँग जोडिएका संस्थाहरुको हो । 

ग्यालोप नाइटको ताजा सर्वे अनुुसार ७७ प्रतिशत अमेरिकी अल्फाबेट जस्ता कम्पनीहरु धेरै बलियो भएको मान्दछन् । तपाई के साच्नुुहुुन्छ ?
पछिल्ला केही वर्षहरुमा ठूला कम्पनीहरुले धेरै नै प्रगति गरेका छन् । तर यो समय यसलाई परिक्षण गर्ने बेला हो । मेरो विचारमा एक कम्पनीको रुपमा हामीले यो सुुनिश्चित गर्नुु पर्छ कि हामीले समाजका लागि राम्रो कुुरा के गर्न सक्छौ । के हामी कम्पनीहरु, स्कूलहरु र विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरुलाई सहयोग गर्न सक्छौ । हामीहरुले यस्ता परीक्षाहरुबाट बारम्बार गुुज्रनुुपर्ने हुुनसक्छ । 

यो संकटले हाम्रो काम गर्ने तौर तरिकालाई कसरी कुुन हदसम्म बदल्न सक्छ ? के मानिसहरु टाढा बसेरै काम गर्न सक्छन् ? 
पहिले हामी एकअर्कासँग मिलेर काम गरिसकेका हुुनाले अहिले घरबाट काम गर्न सजिलो भएको छ । यसका लागि हामीले आधार तयार पारिसकेका छौं । हामीहरुले यो आधारलाई भविष्यमा पनि विकास गर्दै लानुुपर्दछ । यो मानव स्वभावको हिस्सा हो । हामी अवस्थालाई लचिलोपनमा ढाल्न सक्छौ । 

प्रत्येकको घरमा टेक्नोलोजी र इन्टरनेट नहुुन पनि सक्छ । जसका कारण कयौं विद्यार्थी र कर्मचारीहरुलाई समस्या परिरहेको छ । हामीहरुले यस्तो अन्तरलाई कसरी टाढा राख्न सक्छौ ? 
हामीहरु यो विषयमा धेरै प्रोजेक्टमा काम गरिरहेका छौ । 

संकटको यो समयमा कुन चाहि कुराले आशा जगाउने काम गर्ने गर्दछ ? 
हामीसँग सैबैभन्दा शक्तिशाली संसाधन सामूहिक प्रक्रियाहरु रहेका छन् । यसले वास्तवमै काम गरिरहेको छ । केही समस्याहरु त छन् तर पहिलेको भन्दा धेरै तालमेल भइरहेको छ । भविष्यका महामारीलाई कसरी रोक्न सक्छौ ? जलवायुु परिवर्तनलाई कसरी कम गर्न सक्छौ ? आर्टिफिसियल इन्टीलीजेन्सलाई कसरी नियन्त्रणमा राख्न सक्छौ ? यी सबै मुुद्धाहरुले हामीलाई एक अर्कासंग जोड्ने काम गर्नेछ । त्यसैले मलाई अब आउने पिढीमाथि आशा जागेको छ ।