काठमाण्डौ । गुडबिल फाइनान्स लिमिटेडको संस्थापक समूहको सेयर आज चैत १४ गते लिलामीमा राखिएको छ।

कम्पनीले ९३ हजार ४८९ कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम २५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौको कमलादीस्थित हात्तीसारमा रहेको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति यही चैत २८ गते बैंकिङ समयसम्म तोकिएको छ।