काठमाण्डौ । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा पुन : सरोजकाजी तुलाधर नियुक्त भएका छन् ।

कम्पनीको गत पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई  सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आगामी माघ २ गतेदेखि लागू हुने गरि उनलाई चार वर्षको लागि सीईओमा नियुक्त गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार उनको हालको कार्यकाल आगामी माघ १ गते सकिँदै छ ।