काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को रु. २५ करोड रुपैयाँबराबरको ऋणपत्रमा खरिद आवेदन दिने आज आइतबार अन्तिम अवसर रहेको छ। 

कम्पनीले गत फागुन २८ गतेदेखि वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको '१२% गुड्विल फाइनान्स लिमीटेड डिवेञ्चर-२०८३' का इकाइ बिक्री खुला गरेको हो। कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २ लाख ५० हजार इकाइले हुन आउने २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको हो। 

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम ५ हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्ति गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट खरिद आवेदन दिन सकिनेछ। 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ। 

यो कम्पनीको ऋणपत्रलाई इक्रा नेपाल लिमीटेडले मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी एलबीबीको रेटिङ प्रदान गरेको छ। 

नेपालको वित्तीय बजारमा ऋणपत्र जारी गर्ने फाइनान्स कम्पनीमा गुड्विल दोश्रो कम्पनी हो। यसअघि आइसीएफसी फाइनान्सले जारी गरेको २० करोड रुपैयाँबराबरको ऋणपत्रमा पहिलो चरणमै आवश्यकताभन्दा बढी आवेदन परिसकेको छ।