काठमाण्डौ  । गुराँस लघुवित्ती वित्तीय संस्थान लिमिटेड र गणपति माइक्रो फाइनान्स वित्तीय संस्थान लिमिटेड मूल्यमा आइतबार बजार मूल्यमा उछाल आएपछि पोटेटिभ सर्किट लागेको छ । 

दुवै कम्पनीको सेयरमा खरिद चापमात्र देखिएपछि र बिक्री गर्ने एकजना पनि नभएपछि मूल्य बढेर पोजिटिभ सर्किट लागेको हो । मूल्य १० प्रतिशतको हाराहारीले बढेर गुराँसको प्रतिकित्ता ४६५ रुपैयाँ पुगेको छ भने गणपतिको प्रतिकित्ता ३५८ रुपैयाँ पुगेको छ । 

यो समाचार तयार पर्दासम्म मार्केट डेप्थमा गुराँसको ५ हजार ९६२ र ५ हजार १९० सेयर खरिद पोस्ट भएको छ भने दुवैको बिक्रीतर्फ कुनै आदेश पोष्ट भएको छैन । 

यसले दुवैको सेयर बिक्री गर्न चाहने लगानीकर्ता नभएका र खरिदमा मात्र चाप भएको देखाउँछ ।