काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।
यो कम्पनीले रु. १०० अंकित दरका २ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निश्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।
शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गुराँस लघुवित्त वित्तीय संस्थाको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.७ करोड ७५ लाख र चुक्तापूँजी रु.५ करोड २५ लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.७ करोड ७५ लाख हुनेछ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २ गते पब्लिक लिमिटेड कम्पनीको रुपमाकम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवार शुुभारम्भ गरेको हो ।
धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्लाभित्र २२ वटा शाखा कार्यालयमार्फत करिब ११,००० विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्घ गरी करिब रु.७ करोड बचत संकलन तथा करिब रु.४९ करोड कर्जा प्रवाह गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago