काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीको पुस ३० गते सोमबार ५ः३० बजे बसेको संचालक समितिको १४९ औं बैठकले आर्थिक वर्ष ०७३/७४ का लागि सेयरधनीर्ला ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल यो कम्पनीको हालको चुक्तापूँजी ५९ करोड ४० लाख रहेको छ । यो हिसाबले कम्पनीले ४ करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कर प्रयोजनका लागि २५ लाख १ हजार ५३ रुपैयाँ नगद लाभांश वितरण गर्न खोजेको हो ।
घोषित लाभांश आ.ब. ०७३/७४ का लागि भएकोले आ.ब. ०७४/७५ का लागि कम्पनीले लाभांश घोषणा गर्न बाँकी छ ।
प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago