काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १३.१० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समितिको हिजो मंगलबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १३.१० प्रतिशतले हुन आउने १२ करोड २९ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरमा लाग्ने कर सम्बन्धित सेयरधनीहरुले बुझाउनुपर्नेछ ।
प्रस्तावित बोनस सेयर बीमा समितिबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19