काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ८ करोड ३४ लाख रुपैयाँको कुल १७.७९६२८८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १६.९०६४७४५ प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८८९८१४४ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago