गुल्मी । आइसोलेसनमा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ।
धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ वर्षीय एक युवकको मृत्यु भएको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ। उनको केही दियता रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचार भइरहेको थियो।
भारतबाट आएर धुर्कोटको क्वारेन्टाइ९नमा बसेका बेला जेठ १२ गते ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो। भोलिपल्टै उनलाई तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार ती उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित थिए। उनलाई रक्तअल्पताको समेत समस्या देखिएसँगै स्वास्थ्यअवस्था गम्भीर भएपछि उनकै उपचारमा खटिएकी एक स्वास्थ्यकर्मीले रगत दिएकी थिइन्।
ती युवकको शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago