काठमाण्डौ । जाजरकोटमा गएको विनाशकारी भूकम्पनीपछिको राहत, उद्धार एवं उपचारका लागि ठोस निर्णय गर्न गृह मन्त्रालयमा सरोकारवालाको बैठक सुरु भएको छ। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण्काजी श्रेष्ठको अध्यक्षतामा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सुरक्षा निकायका प्रमुख, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि सहभागी छन्। 

बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत, उद्धार एवं उपचार तथा पुनस्र्थापनाका लागि ठोस निर्णय गर्ने बताइएको छ।