काठमाण्डौ । गृह मन्त्रालयले लकडाउन अवधिभरमा जारी गरिएका सबै खालका सवारीको अस्थायी पास खारेज गरेको छ ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार जिल्लाभित्र आवागमनको सहजताका लागि जारी गरिएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको सबै खालका पास खारेज गरिएको हो ।
सरकारले केही दिनअघिदेखि नै लकडाउन खुकुलो बनाउने निर्णय गर्दै निजी सवारी साधनलाई जोरविजोर प्रणाली लागू गरेको थियो । योसँगै जिल्लाभित्र आवतजावत गर्न सवारी पास नचाहिने भएकोले सबै खारेज गरिएको हो ।
यो निर्णय कार्यान्वयनका लागि सोमबार नै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र समेत गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago