काठमाण्डौ । गोरखाकी एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण देखिएको छ।
गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारमा ब्युटीपार्लर व्यवसाय सञ्चालन गरेर बसेकी २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
ती महिला आफ्ना तीनजना साथीहरुसँगै गत साउन १५ गते ट्याक्सी रिजर्भ गरेर काठमाण्डौ आएर सोही दिन फर्केकी थिइन्। ‘त्यस दिन नागढुंगामा पीसीआर परीक्षण भएको रहेछ’, नगरका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले भने, ‘हिजो रिपोर्ट आयो, उनमा पोजेटिभ देखियो।’
अर्यालका अनुसार संक्रमित महिलालाई उपचारार्थ गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। ‘हामीले ती महिलाको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरेका छौँ, उनीहरुको कोरो परीक्षण गरिनेछ’, उनले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19