काठमाण्डौ । उपभोक्ताहरुको बदलिँदो चाहानालाई मध्यनजर गर्दैै गोर्खा ब्रुअरीले नेपालकै पहिलो प्रिमियम स्ट्रोङ्ग बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् बजारमा भित्राएको छ ।

असार १८ गते काठमाण्डौको हायात होटलमा एक विशेष कार्यक्रममाझ देशकै पहिलो प्रिमियम स्ट्रोङ्ग बियरको भव्य लञ्च गरिएको थियो ।

सो कार्यक्रममा गोर्खा ब्रुअरीका व्यवसायिक साझेदार, आधिकारिक वितरक, थोक विक्रेता, खुद्रा बिक्रेता साथै मिडियाका प्रतिनिधिहरु र सेलिब्रेटीहरुको उत्साहजनक सहभागिता थियो । 

सन् १९९० मा गोर्खा ब्रुअरीले नेपाली बजारमा प्रस्तुत गरेको टुबोर्ग बियर नेपालमा भित्रने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड हो । सन् १८८० देखि नै  विश्व बजारमा आम उपभोक्ताहरुले यसमा रहेको अद्भुत गुणस्तर र ताजा स्वादको आनन्द लिदै आईरहेका छन् । नेपालको सबैभन्दा ठूलो बु्रअर, गोर्खा ब्रुअरीले ल्याएको यो इनोभेसनले आफ्नो बजार नेतृत्वलाई थप बढावा र निरन्तरता दिने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

सो अवसरमा प्रबन्ध निर्देशक अरुण अधिकारील भने “हाम्रो उद्धेश्य भनेको हाम्रा उपभोक्ताहरुलाई  विश्वस्तरको स्वाद छनौट गर्ने अवसर प्रदान गर्नु हो । त्यसैले हामीले हाम्रो काल्सबर्ग समूहका सहकर्मीहरुसँग सहकार्य गरी एक विशेष रेसिपि तयार पारेका छौं । यसले नेपाली उपभोक्ताहरुमाँझ विशेष तथा उत्कृष्ट स्वाद छनौट गर्न मद्धत गर्दछ ।’ 

नयाँ उत्पादनको बारेमा गोर्खा ब्रुअरीका मार्केटिङ्ग डाईरेक्टर बैभब शर्माले भने–‘टुबोर्ग क्लासिक एक उत्कृष्ट स्वाद भएको स्ट्रोङ्ग बियर हो, जुन एसियन उपभोक्ताहरुको लागि विशेष रुपमा उत्पादित गरिएको छ । प्रिमियम स्कच माल्टस् र चुनिएको हप्सका साथ तयार परिएको टुबोर्ग क्लासिकले नयाँ पुस्ताका बियर प्रेमिहरुलाई फरक प्रिमियम स्वाद प्रदान गर्दछ । अन्य बियरको तुलनामा टुबोर्ग क्लासिक विथ स्कच माल्टस् एक उत्कृष्ट छनोट हो।” 

“स्ट्रोङ्गर एण्ड स्मुदर”  ट्यागलाईनलाई सार्थक पार्दै टुबोर्ग क्लासिकमा रहेको स्कच माल्टस् र उत्कृष्ट हप्स्ले बियरका पारखीहरुलाई ताजा र भिन्न पिउने अनुभव प्रदान गर्ने विश्वास लिइएको छ। ६.५% अल्कोहलको मात्रा रहेको यस बियरको ६५० एम.एल.बोतलको बजार मूल्य रु ३१० तोकिएको कम्पनीले जनाएको छ ।