काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडका सेयरधनीहरु खालि हात हुने भएका छन्। 

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश नदिने निर्णय गरेपछि सेयरधनीहरु खालि हात हुने भएका हुन्। फाइनान्सले सेयरधनीहरुका लागि हकप्रद सेयर पनि जारी नगर्ने निर्णय गरेको छ। 

यसैबीच फाइनान्सको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले फाइनान्सको २५ औँ वार्षिक साधारणसभाको मिति पनि तय गरेको छ। जसअनुसार वार्षिक साधारणसभा कात्तिक ५ गते काठमाण्डौको सोल्टीमोडस्थित होटेल क्राउन इम्पेरियलमा हुनेछ। सभा भर्चुल (भिडियो कन्फरेन्स) मार्फत हुने फाइनान्सले जनाएको छ।

वार्षिक साधारणसभा प्रयोजनार्थ फाइनान्सले यही असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ सभामा भाग लिन योग्य हुन असोज १७ गतेसम्म यो फाइनान्सको सेयरधनी कायम भइसक्नुपर्नेछ।