काठमाडौं । गोर्खा इको प्यानलको प्रयोगबाट धादिङस्थित सिद्धलेख गाउँंपालिका वडा नं १ को वडा भबन निर्माण सम्पन्न भएको छ । 

इटाको साटो भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्रीको रुपमा रहेको गोर्खा इको प्यानलबाट एकतल्ले चिटिक्कको गाउँंपालिकाको वडा भबन निर्माण सम्पन्न भएको हो । 

निर्माण सम्पन्न गाउँंपालिका भबनको उदघाटन प्रमुख अतिथि धादिङ क्षेत्र नं २ का सभाषद् भूमिप्रसाद त्रिपाठीले गरे । सो अवसरमा उनले गोर्खा इको प्यानलबाट बनेको गाउँंपालिका भबन चिटिक्कको मात्रै नभई भूकम्पीय दृष्टिकोणले सुरक्षित, बलियो र भरपर्दाे पनि रहेकाले सर्वसाधारणले पनि आ–आफनो निजी आवास यही सामानको प्रयोगबाट बनाउन सकिने बताए । 

गाउँंपालिका भबनलाई जनताको सिंहदरवारको रुपमा लिएको चर्चा गर्दै उनले भूकम्पले भत्केका सरकारी कार्यालयहरु पनि यथाशिघ्र यसरी नै पुननिर्माण हुनुपर्नेमा जोड दिए । 

कार्यक्रमका अतिथि सिद्धलेख गाविस गाउँंपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले तीव्र रुपमा निर्माण सम्पन्न हुने गोर्खा इको प्यानल जस्ता निर्माण सामाग्रीको प्रयोगबाट पुननिर्माण थाल्नुपर्नेमा जोड दिए ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ई कृष्णभक्त दुवालले एउटा सरकारी निकायले पास गरेको डिजाइन र नक्सालाई अर्काे सरकारी निकायले पास गरी नदिंदा पुननिर्माणमा ढिलाई भएको आरोप लगाए । 

गोर्खा इको प्यानलको प्रयोग गरी गाउँंपालिकाको वडा नं १, २ र ७ को वडा कार्यालय भबन बनाएको सिद्धलेख गाउँंपालिकाको दुईतल्ले आफनै भबन पनि गोर्खा इको प्यानलको प्रयोगबाटै निर्माण सम्पन्न गर्ने सम्झौता गरिसकेको छ ।