काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको छ ।
यस्तै, पेट्रोल, डिजेल र मट्टीतेलको भाउ पनि पुनः बढेको छ ।
समायोजित मूल्यअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर अब एक हजार ८९५ रुपैयाँ कायम भएको छ। यसअघिको मूल्य १६६० रुपैयाँ थियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जनाएको छ ।
निगमले इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्य आएकोले सोहीअनुसार समायोजन गरिएको प्रष्ट पारेको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ पनि बढाएको छ। पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले भाउ बढाइएको हो।
निगमले जारी गरेको विज्ञप्तिअनुसार आइओसीबाट पेट्रोल र डिजेलमा क्रमशः ३ रुपैया १७ पैसा र २ रुपैयाँ ४८ पैसा मूल्य बढेर आएको छ। यस्तै ग्यासमा १८६ रुपैयाँ मूल्य बढेर आएको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago