-अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दियौं ।
दसैं अगाडीको यो अन्तिम ग्राउण्ड जिरो भएकोले हामीले आजको प्रस्तूतीमा लगानीकर्ताहरुसँग दसैं विशेष कुराकानी पनि गरेका छौं । यसै सिलसिलामा आज हामी सवैभन्दा पहिले कमलपोखरीस्थित क्यापिटल म्याक्स (स्टक ब्रोकर नम्बर ६२ ) मा पगेका थियौंं । आज नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनपछि साताको पहिलो कारोबार भएकोले पनि बजारमा लगानीकर्ताको उपस्थिति र चासो निकै देखिन्थ्यो ।
प्रि–ओपन सेसनमा बढेर कारोबार भएको बजार नियमित समयमा भने एकोहोरो घट्यो । ब्रोकरहाउसमा लगानीकर्ता आउने क्रम जारी थियो । उपस्थित एक लगानीकर्ताले भने राष्ट्र बैकले खासै लगानीकर्ता मैत्रि नीति ल्याएन बजार के बढ्ला र खै ?
यसै ब्रोकरमा एक लगानीकर्ताले प्राविधिक चार्ट देखाउँदै भन्दै थिए, ‘बजार १९४० मा बलियो सपोर्ट लिन सक्छ । किनकी यस अघि नै बजार धेरै घटेको छ । कारोबारको पहिलो प्रहरमा बजार २२ अंकले घटेको थियो भने कारोबार ५५ करोड बराबर भएको थियो ।’
केही समयको बसाइपछि हामी कमलपोखरीस्थित क्रिएटिभ सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४० मा पुग्यौं । यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो । बजार एकोहोरो घटेको थियो । ब्रोकर हाउसमा पायः सन्नटा छाएको थियो । यहाँ भेटिएका एक पुराना लगानीकर्ता भन्दै थिए, ‘बजार अब ६ महिना जति बढ्दैन । किनकी अब राष्ट्र बैंकले नीतिमा हेरफेर झट्टै गर्दैन ।’
केही समयको बसाइपछि हामी चारखाल रोडस्थित श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) मा पुग्यौं । यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो भने बजार एकोहोरो घटिरहेको थियो । लगानीकर्ता बजार हेर्न मस्त देखिन्थे । यो ब्रोकरमा भेटिएका एक लगानीकर्ताले पनि बजार १९३० मा बलियो सपोर्ट लिन सक्ने बताए ।
उनले भने, ‘यो विन्दुमा टिक्यो भने बजार टिक्यो नभए, बजार १ हजार ९०० तल जान्छ।’ सोही ब्रोकरमा भेटिएका अर्का एक जना लगानीकर्ता हाइड्रोको सेयर फेरि एक पटक तलै आउने तर्क गर्दै थिए । उनीसँगै बसेका अर्का लगानीकर्ता चाहिं भन्दै थिए, ‘हिमाल दोलखा हाइड्रोपावर सस्तो छ, घटेको बेला किन्दा हुन्छ ।’ उनीसँगै बसेका अर्का लगानीकर्ता भन्दै थिए, ‘किन्दाकिन्दै ३५ लाख रुपैयाँको पोर्टफोलियो २० लाखमा आयो अझै कति किन्नु ?’
त्यही ब्रोकरमा भेटिएका अर्को लगानीकर्ताले चाहिं यो वर्षको दसैं पनि अघिल्लो दसैं जस्तै खल्लो हुने बताए । उनले थपे, ‘बजारबाट कामाउने कुरा त यस्तै हो’, उनले ठट्यौलि पारा भने, ‘यो दसैं मा खसी पनि उधारो नै हुने भो । बजार बढेपछि बेचेर तिरौंला, आज त मलाई बजार बढ्छ जस्तो लागेको थियो,बजार बढ्छ र बेचौंला भनेको उल्टो भयो ।’
उनीसँगै बसेका लगानीकर्ताले पनि आज सेयर बेच्न आएको बताए । उनले थप्दै भने, ‘बजारमा सवैले बेच्न खोजेपछि कसले किन्ने ?’ केही समयको बसाईपछि हामी ज्ञानेश्वरस्थित सूमेरु सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३९ मा पुग्यौं । यस बेलासम्म दिनको २ बजी सकेको थियो । बजार एकोहोरो घट्दै थियो । यहाँ भेटिएका लगानकिर्ताहरु भन्दै थिए, ‘आज अन्त्यमा पनि बजार फर्केन भने केही समय बजार फर्केर्ला जस्तो छैन ।’
उनलाई नै समर्थन गर्दै एक लगानीकर्ताले भने, ‘यो पालीको दसैं पनि निरास नै हुने भयो । खसी र चामल पनि उधारो नै खरीद गर्नुपर्ला जस्तो छ । दसैंंमा बालबच्चालाई पनि नयाँ कपडा चाहियो ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago