काठमाण्डौ । आईपीओ निष्कासन गरेको झन्डै ५ सातापछि ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको धितोपत्र भोलि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत हुने भएको छ। 

नेप्सेका एक अधिकारी अनुसार भोलि ग्रीनलाइफ हाइड्रोपावर र नेप्सेबीच यो कम्पनीको सेयर सूचीकरण सम्झौता हुनेछ। नेप्सेमा कुनै पनि कम्पनीको धितोपत्र सूचीकरण भएको दोस्रो दिनबाट कारोबार सुरु हुन्छ । जसका अनुसार मंगलबारबाट धितोपत्र दोस्रो बजारमा यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

नेप्सेले सुरुआती कारोबारका लागि यो कम्पनीलाई न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतममा २९९.०१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्नेछ। यदि स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५ बजे) सम्म तोकिएको रेन्जभित्र सेयर कारोबार भएमा नियमित समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो कम्पनीको सेयर खरिदबिक्री खुल्नेछ। 

ग्रीनलाइफ हाइड्रोपावरले गत माघ २३ गतेबाट कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ।