काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको धितोपत्र सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
नेप्सेमा आयोजित एक कार्यक्रमबीच ग्रीनलाइफ हाइड्रोपावरको धितोपत्र सूचीकरण सम्झौता भएको हो। धितोपत्र सूचीकरण सम्झौतासँगै अब ग्रीनलाइफको सेयर भोलि मंगलबारबाट कारोबारमा आउने भएको छ। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कारोबार आउने गरेको छ।
नेप्सेमा ग्रीनलाइफको कुल १ करोड ८० लाख कित्ता सूचीकृत भएको छ। जसमा १ करोड ४४ लाख कित्ता संस्थापक समूहको र ३६ लाख कित्ता सर्वसाधारण समूहको रहेको छ।
नेप्सेले ग्रीनलाइफ हाइड्रोपावर ‘जीएलएच’ कारोबार संकेत प्रदान गरेको छ। त्यस्तै पहिलो कारोबारका लागि नेप्सेले यो हाइड्रोलाई ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यदि स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५ बजे) सम्म तोकिएको रेन्जभित्र सेयर कारोबार भएमा नियमित समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो कम्पनीको सेयर खरिदबिक्री खुल्नेछ।
ग्रीनलाइफ हाइड्रोपावरले गत माघ २३ गतेबाट कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19