काठमाण्डौ  । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार भोलि बिहान ९ ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच गरिनेछ। 

ग्रीनलाइफले गत माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

ग्रीनलाइफको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। यो आईपीओमा १३ लाख २६ हजार ७७ आवेदकले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका छन्। यो मागको तुलनामा ७.३० गुणा बढी हो। 

यस आधारमा ३ लाख २५ हजार १६५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ भने १० लाख ९०० भन्दा धेरै आवेदकको हात खालि हुने देखिएको छ।