काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडले निश्कासन गरेको आइपीओप्रति आयोजना प्रभावित आकर्षित हुन सकेनन् । फलस्वरुप यो कम्पनीले तोकेको आवेदन दिने पहिलो चरणको अवधिमा न्यून मात्र आवेदन परेको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पहिलो चरणमा कम्पनीको आइपीओमा दुई हजार ५ सय ९२ स्थानीयले दुई लाख ८५ कित्ता खरीदका लागि मात्र आवेदन दिएका छन् ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २१ करोड मूल्यको २१ लाख ३ सय ५० कित्ता आइपीओ निश्कासन गरेको थियो । यो हिसाबले पहिलो चरणमा ९.५२ प्रतिशत सेयर खरीदका लागि मात्र आवेदन परेको देखिएको छ ।
आयोजना प्रभावितका लागि निश्कासितमध्ये अझै ९०.४७ प्रतिशत सेयर कित्ता बिक्री भएको छैन ।
यहीकारण बिक्री प्रबन्धकले आयोजना प्रभावितले आइपीओमा आवेदन दिने समय थप गरी माघ १३ तोकेको छ । अहिलेसम्म यो कम्पनीको आइपीओ खरीद गर्न छुटेकाहरुले माघ १३ गतेसम्म आवेदन दिन सक्नेछन्।
त्यतिबेलासम्म पनि सबै कित्ता आइपीओ बिक्री नभए बाँकी रहेको कित्ता समेत थपेर सर्वसाधारणका लागि आइपीओ निश्कासन हुने बताइएको छ ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ९६ करोड ६१ लाख मूल्य बराबरको आइपीओ निश्कासनको अनुमति पाएकोमा पहिलो चरणमा आयोजना प्रभावितका लागि निश्कासन गरेको हो ।
आयोजना प्रभावित र सर्वसाधारणलाई समेत आइपीओ जारी गरिसकेपछि यो कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब १० करोड पुग्नेछ भने कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४६ प्रतिशत कायम हुनेछ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड फोरको ग्रेडिङ्ग प्रदान गरेको छ ।
यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा तल रहेको भन्ने हो । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19