– अर्जुन तिमिल्सिना
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४३ वटा लघुवित्त सूचीकृत छन्। तीमध्ये ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लगानीकर्ताको रोजाइमा परेको एउटा लघुवित्त हो।
ग्लोबल आईएमई लघुवित्तका ५१ जिल्लामा १०२ शाखा छन्। यसको मुख्य कार्यालय पोखरामा रहेको छ।
आधारभूत पक्ष
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यो लघुवित्तले २ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढी सापटी लिएर ६ अर्ब ३६ करोड रुपैयाँबराबर कर्जा प्रवाह गरेको देखिन्छ। चुक्तापुँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँ रहेको यो लघुवित्तले निक्षेप, कर्जा, बीमा तथा रेमिट्यान्सजस्ता सेवा प्रवाह गर्छ।
ग्लोबल आईएमई लघुवित्तको हालको प्रतिसेयर आम्दानी (ईपीएस) ५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.२ गुणा रहेको छ।
पुँजी बढेसँगै यो लघुवित्तको प्रतिसेयर आम्दानी घट्दो क्रममा रहेको देखिन्छ। प्रतिसेयर नेटवर्थ १८०.२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५९७.३३ रुपैयाँ रहेको यो लघुवित्तको जगेडा कोषमा ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ग्लोबल आईएमई लघुवित्तले २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। खराब कर्जा भने २.६६ प्रतिशतम रहेको छ। यो लघुवित्तको रिटर्न अन इक्विटी ४० प्रतिशत र पुँजी कोष अनुपात १२.६ प्रतिशत रहेको छ। लघुवित्तले लगानीकर्तालाई एअर टु एअर पुँजीगत नाफा १९२ प्रतिशत दिएको छ भने यो चौथो त्रैमासमा १९.२८ प्रतिशले गिरावट आएको छ।
ग्लोबल आईएमई लघुवित्तको ७ वर्षको औसत लाभांशदर २१ प्रतिशत रहेको छ। लघुवित्तले हालसम्म दुईपटक हकप्रद जारी गरिसकेको छ। जसअनुसार पहिलोपटक ५० प्रतिशत र दोस्रोपटक सतप्रतिशत हकप्रद पनि जारी गरिएको थियो।
यो लघुवित्तको सेयरभाउ अधिकतममा ३ हजार २०० रुपैयाँसम्म पुगेको थियो।
प्राविधिक पक्ष
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।
यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ।
यो लघुवित्तको करिब २ वर्षअगाडि सेयरको न्यूनतम मूल्य ५०० रुपैयाँदेखि उच्च मूल्य ३ हजार २०० रुपैयाँसम्मको चक्रलाई हेर्दा उच्च मूल्यमा इन्टरमिडियट डिग्रीको वेभ (३) तथा माइनर डिग्रीको ५ पुगेर करेक्सन हुँदै माइन डिग्रीको ए, बी, सी तथा इन्टरमिडियट डिग्रीको (४) बनाउँदै सेयरको मूल्य २ हजार रुपैयाँभन्दा तल आएको देखिन्छ। सबैभन्दा अघिल्लो बढेको मूल्यबाट न्यून विन्दुसम्म फिवोनासी राखेर हेर्दा इन्टरमिडियट डिग्रीको वेभ (५) बनाउन तथा फिवोनासीको १.६१ प्रतिशतको वृद्धि हुँदा यो लघुवित्तको सेयरभाउ अबको २ वर्षसम्ममा पुनः पहिलोको उच्च विन्दुलाई ब्रेक गरेर लगभग ४ हजार रुपैयाँसम्म पुग्न सक्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो बैंकको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा २८८० रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा २६६८ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा २५०२ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवा २२७८ रुपैयाँ र ०.७८ मा २१०९ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।
एमएसीडी लाइनका आधारमा
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो लघुवित्तको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर फर्केको छ (हरियो एरो) भने क्यान्डलहरुले बुलिस स्पिनिङ बटम बनाएर हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले सेयरमूल्यमा उच्च माग आएको बुझिन्छ। अन्तिम कारोबारले हरियो लामो मारुबुजु बनाएकोले केही समय खरिदको सम्भावना देखिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ५४.७४ रहेको छ। आरएसआई बढ्दो क्रममा रहेको छ। यदि यो ६० भन्दा माथि गएमा अल्पकालीन लगानीकर्ता खरिदका लागि हावी हुन सक्छन्। अघिल्लोपटक यो न्यून विन्दु १८.०२ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्च विन्दु ६७.७६ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्य बुलिस सिग्नल देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २०३३
घटेमा सपोर्ट
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19