काठमाण्डौ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंक र सरकारका निर्देशनहरु सधैँ पालना गर्दै आएको बताएका छन्।

नयाँबानेश्वरस्थित द एभेरेष्ट होटलमा आज एक कार्यक्रमको आयोजना गरी बैंकको २०८९ सालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष ढकालले यस्तो प्रक्रिया दिएका हुन्। ‘ग्लोबल आइएमई बैंकले नेपाल सरकार र राष्ट्र बैंकको पुँजी, शाखा विस्तार, मर्जरलगायतको निर्देशनलाई सधैँ सबैभन्दा पहिला पालना गर्दै आएको छ’, उनले भने। 

ग्लोबल बैंकले स्थापनाकालदेखि नै काठमाण्डौबाहिर दुर्गम क्षेत्रहरुमा शाखा विस्तार गरेर सेवा दिँदै आएको ढकालले बताए। 

अहिले तरलता संकटसँगै रेमिट्यान्स पनि कम भित्रिएको उल्लेख गर्दै ढकालले बताए। ‘विदेश बाहिर शाखा सञ्चालन गरेर विदेशी मुद्रालाई नेपाल ल्याउने राष्ट्र बैंक र नेपाल सरकारको निर्देशनलाई पालना गर्दै बैंकले कोरियामा शाखा खोल्ने कार्य अघि बढेको छ’, उनले भने, ‘त्यस्तै डलर अकाउन्टलाई प्रवर्द्धन गर्ने काम पनि अघि बढाएका छौँ।’ 

ढकालले बैंकले हरेक वर्ष नेपालको कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै आएको बताए। ‘कलाकारलाई प्रोत्साहन गर्न २०७९ सालको क्यालेन्डरमा मिथिला चित्रकला समावेश गरेका छौँ’, उनले भने। 

क्यालेन्डरमा चित्रकार अजयकुमार शाह र गीता ठकुरीको मिथिला चित्रकला राखिएको छ।