काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ४.१३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २.७३ प्रतिशतले बढेर ५ अर्ब १७ करोड रुपैयाँ भएको छ। गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा ५ अर्ब ३ करोड रुपैयाँ भएको थियो।
बैंकको खुद ब्याज आम्दानी भने ८.२९ प्रतिशतले बढेर ७ अर्ब ४३ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ६ अर्ब ८७ करोड रुपैयाँ भएको थियो।
समीक्षा अवधिमा बैंकको रिटेन अर्निङ ३५.८२ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिसम्म २ अर्ब ९९ करोड रुपैयाँ रहेको रिटेन अर्निङ घटेर १ अर्ब ९१ करोड रुपैयाँमा सीमित बनेको छ।
समीक्षा अवधिमा बैंकले २ खर्ब ९६ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब बढी कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको खराब कर्जाको अनुपात पनि घटेको छ। गत वर्ष यही अवधिसम्म १.६१ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर १.४५ प्रतिशतमा झरेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ। गत वर्ष यही अवधिसम्म रु. २२.०५ रहेको ईपीएस घटेर २०.८८ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ रु. १४९.४५ र पीई अनुपात १४.३५ गुणा कायम भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19