काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले आज पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्।
‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट संयुक्त कारोबार सुरु भएको हो। संयुक्त कारोबारको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्।
मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्बभन्दा बढी र कुल कर्जा रु. ३७९ अर्ब भन्दा बढी पुगेको छ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।
त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन्।
दुई बैंकहरुको मर्जरपश्चात कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक बनेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19