काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आगामी मंसिर २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले लाभांशसँगै अन्य आर्थिक प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साधारणसभाले सञ्चालक समिति पनि चयन गर्नेछ। संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन हुनेछन्। 

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गर्नेछ ।

विगतका वर्षहरुमा  कम्पनीले मर्जरको एजेण्डा राख्ने गरेतापनि यस वर्ष भने सो एजेन्डा सभामा छैन ।