काठमाण्डौ । लगातार २ दिनसम्मको बढोत्तरीपछि साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । बजारमा सर्टटर्म कारोबारी हाबी हुँदा बिक्री चाप केही बढेको हो ।
तर, कतिपयले पनि लगानीकर्ताको आन्दोलन मत्थर पार्न अर्थमन्त्री निकटका लगानीकर्ताहरुले रणनीतिक चालको रुपमा बजारमा खरिदारी बढाएर नेप्से बढाएका र यो विषय बाहिर आएसँगै बजार पुनः घटेको दाबी समेत गर्न भ्याएका छन् ।
सेयर बजारमा निकै ठूलो समय दैनिक कारोबार गरी गुजारा चलाउँछन् । यस्तो समूह बजारमा सामान्य बढोत्तरी हुनेबित्तिकै थोरै भए पनि प्रफिट बुक गर्नतर्फ लाग्छन् । मंगलबारको बजार गिरावटलाई समेत यस्तै समूह कारक मानिएको छ
यो दिन नेप्से परिसूचक ३.०८ अंकले घटेर ११४१.१० को विन्दूमा सीमित हुन पुगेको छ । तीनवटा समूहको उपसूचक बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ ।
बित्त समूह ०.१७ अंकले बढेको छ भने उत्पादनमूलक समूहमा १३.८१ अंक र अन्य समूहमा ०.६२ अंकको बढोत्तरी भएको छ ।
यो दिन बैंकिंग समूह २.६८ अंकले घटेको छ । होटल समूह १४.६८ अंक, विकास बैंक समूह १.९३ अंक, जलविद्युत समूह ३.८ अंक, निर्जीवन बिमा समूह २८.९ अंक, जीवन बिमा समूह २५.७३ अंक र माइक्रोफाइनान्स समूह १०.२५ अंकले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६४ कम्पनीका १२ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर ३८ करोड ३२ लाख ९३ हजार १ सय २० रुपैयाँमा कारोबार भएको छ ।
यो दिन नेपाल बैंकले १३ करोड ४८ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ८५ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले २ करोड ५४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६९ लाख, एनआइसी एशिया बैंकले १ करोड १८ लाख, जनता बैंक नेपालले १ करोड ५ लाख बढीको कारोबार गरे ।
सोल्टी होटलले ९३ लाख बढीको कारोबार गरेको यो दिन एभरेष्ट बैंकले ९२ लाख बढीको कारोबार गर्यो । मेगा बैंकको ७२ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्रभू बैंकले ५८ लाख बढीको कारोबार गर्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ८.४७ प्रतिशतले बढ्यो ।
यो दिन मञ्जुश्री फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ७.२५ प्रतिशतको पहिरो गयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19