काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । 

आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

निगमले पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ तथा डिजेल र मट्टितेलको १७२ रुपैयाँ कायम भएको छ । 

निगमले यसपटक हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर घटाइएको विज्ञप्तिमा उल्लेख छ । अब नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर कायम भएको छ । 

निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य पनि परिवर्तन गरिएको छैन । 

निगमको विज्ञप्ति यस्तो छः