काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ। 

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो। निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको छ। 

प्राधिकरणले सबैभन्दा बढी काठमाण्डौ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घटाएर ६ हजार १० रुपैयाँ कायम गरेको छ। यसअघि यो रुटको हवाई भाडा (फ्युल सरचार्ज) ६ हजार ६२५ रुपैयाँ रहेको थियो। 

यसैगरी प्राधिकरणले सबैभन्दा कम छोटो दूरीमा रहेको काठमाण्डौ–सिमराको हवाई भाडा १२५ रुपैयाँले घटाउँदै १ हजार २२५ रुपैयाँ कायम गरेको छ। यसअघि यो रुटको हवाई भाडा १ हजार ३५० रुपैयाँ थियो।

यस्तो छ आन्तरिक उडानतर्फको हवाई भाडादर