काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्र्रो पावरलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।

अब कम्पनीले १ : २ अनुपात अर्थात् २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने  छ। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रबरद्धित संखुवासभामा रहेको ६३ मेगावाटको पीआरओआर छुजुङ्ग खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तिमा ५१ प्रतिशत शेयर कायम हुने गरि लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।