काठमाण्डौ । घलेम्दी हाइड्रो लिमीटेडको हकप्रद खरिदका लागि आवेदन दिने आज(पुस १६) अन्तिम दिन रहेको छ । 

कम्पनीले गत मंसिर १० गतेदेखि निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरका लागि १ः२ को अनुपातमा हकप्रदको बिक्री खुलाएको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापुँजी  १ अर्ब ६५ करोड पुग्नेछ । 

कम्पनीले हकप्रदबाट उठाएको रकमलाई संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको चुजुङ खोला हाइड्रोपावर प्रोजेक्टको ५१ प्रतिशत सेयरमा लगानी गर्ने योजना बनाएको छ । चुजुङ खोला आयोजना सांग्रीला उर्जा प्रालिबाट प्रवद्र्धित कम्पनी हो । 

कम्पनीले कात्तिक ३  गतेलाई हकप्रदका लागि बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ कात्तिक ३ गतेभन्दा अघिल्लो दिनसम्म कायम घलेम्दीका सेयरधनी हकप्रद आवेदन दिन योग्य हुनेछन् ।