काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर पुस २५ गते बाँडफाँड गरिएको हो । 

कम्पनीले गत कात्तिक २ गतेसम्म कायम सयेरधनीका लागि गत मंसिर १० गतेदेखि निष्कासन गरेको  प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड १० लाख लाख कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका २८ हजार १२१ जना आवेदकलाई ७७ लाख ८२ हजार २७६ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरका लागि १ः२ को अनुपातमा हकप्रदको बिक्री खुलाएको थियो ।

आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी पुस २९ गतेदेखि आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत सिधै रकमान्तर गरिने कम्पनीले जनाएको छ ।