काठमाण्डौ । धितोपत्र बोर्डले प्रोग्रेसिभ फाइनान्स लिमीटेडलाई २८१ प्रतिशतको दरले हकप्रद निश्कासनको अनुमति दिएको छ ।

योसँगै निकट भविष्यमै फाइनान्सले ५९ लाख १ हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाउनेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद सेयर बिक्रीपछि चुक्तापूँजी वृद्धि भई ८० करोड माथि पुग्नेछ ।
यो फाइनान्सको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

प्रोग्रेसिभ फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९७ लाख १० हजार खूद घाटा व्यहोरेको थियो । 

केयर रेटिङ्स नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड ५ को रेटिङ दिएको छ। यसको अर्थ कम्पनीको अवस्था निकै कमजोर रहेको छ भन्ने देखाउँछ । 
यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १४८ रुपैयाँ रहेको छ ।