काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले गत असार महिनाभर सञ्चालन गरेको घूँडा तथा कम्मरका जोर्नी समस्याले ग्रसित बिरामीहरूका लागि निःशुल्क जाँच शिविरमा आएका अधिकांश विरामीहरूको मुख्य कारण अव्यवस्थित जीवनशैली भएको पाइएको छ ।
शारिरीक निष्क्रियता, ज्यादा मोटोपन, वाथ, हर्मोन रोग आदिका कारण समेत वयष्क महिला तथा पुरुष दुबैमा शरीरका हड्डीलगायत घूँडा तथा कम्मरका जोर्नीहरु खिइने गरेको पाइएको छ । शिविरमा आएका बिरामीहरुमध्ये हालसम्म दुईजनाले घूँडाको जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रिया गराइसकेका छन् भने थप दुईजना शल्यक्रियाको तयारीमा रहेका र एक दर्जनभन्दा बढीले शल्यक्रियाका लागि नाम दर्ता गराएका छन् ।
घूँडाको जोर्नी प्रत्यारोपण गर्र्ने शल्यक्रिया गराइसकेका दुई बिरामीहरु शल्यक्रियाको दोस्रो दिनबाटै हिँड्डूल गर्न थालेका र अब डिस्चार्ज हुने तयारीमा छन् ।
राजधानीमा जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रियाका लागि सरदर रु. ५ लाख भन्दा बढी खर्च लाग्ने भएता पनि नर्भिकको हाड–जोर्नी विभागले उक्त शल्यक्रिया चालू साउन महिनाभर रु. ३,५०,०००।– भित्रमा नै सम्पन्न गर्ने योजना बनाएको छ ।
उक्त प्याकेज शुल्कमा शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण निदानात्मक प्रक्रियाहरु, शल्यक्रिया, पोष्ट अपरेटिभ वार्ड र डिलक्स वार्डको साताव्यापी बसाई, सम्पूर्ण औषधिहरु, शल्यचिकित्सक एवम् नर्सिङ्ग सेवा र फिजियोथेरापी सेवा समेत समावेश छन् ।
शिविरमार्फत् नाम दर्ता गराई साउन महिनाभर शल्यक्रियाका लागि आउने तथा ततसम्बन्धित अन्य विरामीहरूले समेत उपरोक्त बमोजिमको अत्यन्त न्यून शुल्कको शल्यक्रिया सेवा प्राप्त गर्न सक्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago